दुई महिनामा ६७ अर्ब ९५ करोडको भन्सार राजस्व – Nepalboli

दुई महिनामा ६७ अर्ब ९५ करोडको भन्सार राजस्व

   २०८० आश्विन १, सोमबार  

चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा महिनामा ६७ अर्ब ९५ करोड रूपैयाँको भन्सार राजस्व उठेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष सोही अवधिमा ६७ अर्ब १६ करोडको भन्सार राजस्व उठेको थियो।

भन्सार विभागको लागि भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रूपैयाँ राजस्वको लक्ष्य दिइएको थियो। लक्ष्यको तुलनामा ७६ प्रतिशत राजस्व उठाएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए।

भदौमा भने लक्ष्यको ७१ प्रतिशत मात्रै भन्सार राजस्व उठेको छ। भदौ महिनामा ४९ अर्ब ३९ करोड रूपैयाँको लक्ष्य रहेकोमा ३५ अर्ब २९ करोड रूपैयााँको प्राप्ति भएको हो।

गत वर्षको तुलनामा आयात घटेको छ। तर करकार दरहरूमा गरिएको परिवर्तन र भ्याट छुटका सूची घटाइएका कारण राजस्व बढेको भन्सार अधिकारीहरूले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै