नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती, ४१ लाख ३१ हजार परिवार कृषिमा आश्रित

सातौं कृषि गणना २०७८ को तथ्याङ्कले नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुने गरेको देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्दै ०६८ सालको तुलनामा कृषियोग्य जमिन ३ लाख ८ हजार हेक्टरले घटेको देखिएको छ। अघिल्लो कृषि गणनाको तथ्याङ्कअनुसार २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती हुन्थ्यो।
खेती हुने जमिन घटेपनि कृषिमा आस्रित हुने परिवारको संख्या भने बढेको छ। नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवारको संख्या ३ लाखले वृद्धि भएको छ।
नयाँ तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन्। ०६८ को तथ्याङ्कमा कृषिमा आबद्ध परिवारको संख्या ३८ लाख ३१ हजार थियो।