तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ निर्माण कम्पनी परे कालोसूचीमा – Nepalboli

तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ निर्माण कम्पनी परे कालोसूचीमा

   १९ भाद्र २०८०, मंगलवार  

तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो।

कार्यालयको भदौ १८ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ। सूचना प्रकाशित भएको मिति (भदौ १९) देखि लागू हुने गरी कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै