काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने
नेपाल बोली
२१ बैशाख २०७८, मंगलवार
काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।
यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।
सिसिएमसीको सिफारिस अनुसार आज बसेको काठमाडौ उपत्यका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै