निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता, १ हजारभन्दा बढी सवारी साधन दिने – Nepalboli

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता, १ हजारभन्दा बढी सवारी साधन दिने

   २०८२ मंसिर २३, मंगलवार  

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज प्रधानमन्त्र सुशिला कार्की सहित सरकारका अन्य मन्त्रीहरुसंग गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आए पछि आज प्रधानमन्त्री सहित मन्त्रीहरुसंग भेटेका छन । यसको साथै परराष्टसचिव संग समेत उनी भेटेर दुपक्षिय छलफल गरेका छन ।

भेट तथा छलफलमा भारतीय अतिरिक्त सचिवले आसन्न प्रतिनिधीसभा निर्वाचनमा भारतले गर्न सक्ने सहयोगको साथै जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

चुनावी प्रयोजनका लागि भारतले १ हजारभन्दा बढी सवारी साधन दिने
आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन दिने भएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भारत सरकारले चुनावी प्रयोजनका लागि एक हजार भन्दा बढी साना ढुला चार पाङ्ग्रे सवारी साधन दिने प्रतिबद्धता आएको बताएका छन ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै