समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन – Nepalboli

समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन

   २०८२ मंसिर २३, मंगलवार  

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ९३ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेस गर्न सूचना जारी गरेको थियो।

अन्तिम दिनसम्म एकल र छुट्टाछुट्टै चुनावमा जान ९३ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै