सैनिक सुरक्षाबाट बाहिरिए ओली, देउवा दम्पतीद्धारा थप समय माग – Nepalboli

सैनिक सुरक्षाबाट बाहिरिए ओली, देउवा दम्पतीद्धारा थप समय माग

   २०८२ आश्विन २, बिहीबार  

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन्। आजदेखि ओलीलाई सेनाको सुरक्षा नहुने नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रशासनलाई जानकारी दिएका छन्।

ओलीको भक्तपुर बालकोटस्थित घर जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले उनका लागि सूर्यविनायकस्थित एउटा घर भाडामा लिइएको एमाले निकट स्रोतले जनाएको छ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधारोन्मुख छ ।”

प्रवक्ता बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको जानकारी दिनुभयो ।उहाँ भन्नुहुन्छ, “परिस्थिति सबै राम्रो छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि उहाँहरू यहाँबाट जानुहुन्छ ।”

मङ्गलबार भएको जेनजी प्रदर्शनका क्रममा उहाँहरूमाथि आक्रमण हुँदा देउवा दम्पती घाइते हुनुभएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै