काठमाडौमा मनाइयो हिन्दी दिवस – Nepalboli

काठमाडौमा मनाइयो हिन्दी दिवस

   २६ पुष २०७९, मंगलवार  

काठमाडौमा मंगलवार हिन्दी दिवस मनाइएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिंदी विभाग र नेपालमा रहेको भारतीय दुतावासद्वारा संयुक्त रूपमा मंगलवार विश्व हिंदी दिवस को अवसरमा कार्यक्रम गरिएको थियो । भारतीय दुतावासमा आयोजित कार्यक्रममा प्रतिनिधीसभा संसद मंगल प्रसाद गुप्ता सहित विभागका प्रमुख संजीता बर्मा र भारतीय दूतावासको उप प्रमुख प्रसन्न श्रीवास्तव सहितका अतिथीहरु सहभागी थिए ।

कपिलवस्तुवाट प्रतिनिधीसभाका सांसद तथा हिंदी मंच नेपालका अध्यक्ष गुप्ताले हिंदी भाषाले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाइ थप वलियो बनाएको बताए । उनले हिंदीको विश्वस्तरमा महत्व रहेकाले यसलाई थपअंतर्राष्ट्रीयकरण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा भारतका प्रतिष्ठित भाषाविद डॉ विमलेश कांति वर्मा, नेपालको वरिष्ठ हिन्दी साहित्यकार गंगा प्रसाद अकेला र डॉ राम दयाल राकेश लगायतका विशिष्ट अतिथिको रुपमा सहभागी थिए ।

दुतावासका उपप्रमुख श्रीवास्तवले भारतीय प्रधानमंत्री नरेंद्र मोदी द्वारा हिन्दी दिवसको अवसरमा दिइएको संदेश पढेर सुनाएका थिए ।

कार्यक्रममा काठमांडूका विभिन्न विद्यालयहरुका विद्याँर्थीहरु हिंदी कविताहरु वाचन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै