सहमति कार्यन्वयन नभएका कारण गठबन्धनमा बस्नुको औचित्य अब नरहेको माधव नेपालको निष्कर्ष – Nepalboli

सहमति कार्यन्वयन नभएका कारण गठबन्धनमा बस्नुको औचित्य अब नरहेको माधव नेपालको निष्कर्ष

   २०८१ बैशाख ३, सोमबार  

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली सहमतीवाट पछि फर्केको निष्कर्ष निकालेका छन ।  सो पार्टीको सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सचिवालय सदस्यहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले ओली र दाहालले सहमतिको उल्लंघन गरेको जानकारी गराएका थिए । उनले वाग्मती प्रदेशमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने बेला सुदूरपश्चिममा एकीकृत समाजवादीलाई दिने सहमति भएको उल्लेख गर्दै सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री पार्टीको बटम लाइन भएको बताएका थिए ।

केपी ओली र प्रचण्डले सुदूरपश्मि सरकार गठन गर्ने बेला मुख्यमन्त्री हामीलाई दिने वचन दिएको तर अहिले आएर सहमतिको उल्लंघन गरेको समाजवादीको ठम्याई छ । एकिकृत समाजवादीले नागरिक उन्मुक्तिको (रेशम) पक्षका लक्ष्मण चौधरीलाई मुख्यमन्त्री दावी गर्न सहयोग गर्नुको कारण सत्तागठबन्धनले सहमती कार्यन्वन नगरेको कारणलाई देखाएका छन ।

सचिवालय सदस्यहरुले सत्ता समीकरणमा भएको सहमति अनुसार एकीकृत समाजवादीलाई कुनै पनि पद नदिने हो भने सहकार्यमाथि आशंका उत्पन्न हुने बताएका छन । उनीहरुले एमाले अध्यक्ष ओलीको दवावका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आफ्नो दललाई नदिएको पनि दावी गरेका छन । ओलीको कारण दाहालले पनि उन्मुक्ति रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीलाई समर्थन गरेको नेताहरुले भनाई छन ।

समाजवादीको सचिवालय बैठकले तत्काल सुदूरपश्चिमको आफ्नो अडानलाई कायम राख्ने निष्कर्ष निकालेको छ । समाजवादीको पछिल्लो अडानले सत्ता समीकरणमा तरङ्ग ल्याएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएको झोंकमा नेकपा एकीकृत समाजवादीले कांग्रेससमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई सघाउने अडानलाई कायम राखेको छ । विगतको सहमति कार्यान्वयन नहुने हो भने सत्ता समीकरणमा बसिरहनुको औचित्य नहुने समाजवादीको चेतावनी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै