मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक – Nepalboli

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक

   २०८१ बैशाख २, आईतवार  

सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

सरकारले लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने चार दशमलव छ मिलियन अमेरिकी डलर अर्थात् करिब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चैत ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गर्नुहुँदै अर्थ मन्त्रालयको प्रस्तावमा सो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो।

सञ्चारमन्त्री शर्माले नेपाल बङ्गलादेश वाणिज्य सचिवस्तरीय सातौँ बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै