जसपाद्धारा केन्द्रीय कार्यकारिणी समिति र लोसपाद्धारा केन्द्रिय समिति बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो ।
यस्तै लोसपा नेपालले पनि आउदो २४ र २५ गते केन्द्रिय समिति बैठक बोलाएको छ । बैठक काठमाडौमा बस्ने लोसपाले जनाएको हो । केन्द्रिय समिति बने पछि लोसपाको यो पहिलो केन्द्रिय समिति बैठक बन लागेको हो ।