गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटेर लिए जानकारी – Nepalboli

गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटेर लिए जानकारी

   २०८० मंसिर २०, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए । उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै