एनसेलको शेयर खरिद बिक्री शंकास्पद रहेको सत्तागठबन्धनको निष्कर्ष
एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष सत्तारुढ गठबन्धनले निकालेको छ । मंगलवार बसेको गठबन्धनको बैठकले यो प्रकरणको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । मंगलबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले एनसेलको सेयर खरिद बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।
एनसेलको सेयर खरिद बिक्री शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
‘एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’
नेपालको कानुन बमोजिम गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भन्दै बैठकले नेपालको कानुन र हित विपरीत भएका कामहरुलाई सरकारले रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।