एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै – Nepalboli

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

   २०८० मंसिर १९, मंगलवार  

सत्ता साझेदार दल एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबार पनि बस्दै छ। सचिवालयको ६९ औं बैठक मंगलबार पार्टी कार्यालयमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

सोमबारबाट सुरू भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ। यसअघि भदौ ५, ६, ७ मा ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको सचिवालय बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

हिजोबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस (२२ अप्रिल) र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको पाण्डेले बताए।

‘महाधिवेशन सार्न प्रस्ताव आएको छ। आज बस्ने बैठकले त्यसबारे निर्णय गर्छ,’ उनले भने।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै