पुस १६ भित्र अभियानको समीक्षात्मक प्रतिवेदन पठाउन माओवादी केन्द्रको निर्देशन – Nepalboli

पुस १६ भित्र अभियानको समीक्षात्मक प्रतिवेदन पठाउन माओवादी केन्द्रको निर्देशन

   २०८० मंसिर १७, आईतवार  

माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ । भदौ १६ गते देखि ७५३ वटै पालिकाको वडामा सञ्चालन भएको तीन महिने अभियान बिचमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले एक महिना थपेको छ ।

अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन सातै प्रदेशलाई डेडलाइन दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन् । उनका अनुसार सातै प्रदेशबाट प्रतिवेदन आउने क्रम जारी रहे पनि तीन महिनाको समीक्षात्मक प्रतिवेदन तयार हुने छैन । सबै पालिकाबाट आएका समीक्षात्मक प्रतिवेदन केन्द्रमा आएपछि पदाधिकारी बैठक बसेर थप निर्णय हुने उनले जानकारी दिए ।

‘थपिएको एक महिनासहितको समीक्षात्मक प्रतिवेदन आएपछि पदाधिकारी बैठक बसेर थप कार्यक्रम तय हुन्छ । सातै प्रदेशबाट प्रतिवेदन आउने क्रम जारी छ । तर तीन महिनाको अभियानको गतिविधिलाई हेरेर समीक्षात्मक बैठक बस्ने योजना छैन । पुस १६ भित्र प्रतिवेदन पठाउन सातै प्रदेशमा डेट लाइन दिएका छौँ’, उनले भने । अभियानको कार्यपालिका थप लम्ब्याउने विषयमा कुनै छलफल नभएको ढकालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै