२ वटा बैंकलाई नगद जरिवानासहित ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही – Nepalboli

२ वटा बैंकलाई नगद जरिवानासहित ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही

   २०८० कार्तिक ४, शनिबार  

नेपाल राष्ट्र बैंक्ले ६ वटा बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक लवर्ष २०८०/८१ को महिलो त्रैमासमा नियामकिय वयवस्था उ लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरवाना र सचेत गराएको हो ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेकोले ७० लाख रुपैयाँ नगद जरीवाना गरेको हो । यस्तै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) उलंघन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई पनि १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरीवाना गरेको छ ।

एनएमबि बैंकले व्याज अनुदानको समुहियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपनि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको कारण राष्ट्र बैकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको छ । नबिल बैंकले पनि गरिएको एकीकृत निर्देशन नं १५र०७८ को ३९८० उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको छ ।

सिटिजन्स बैंक्ले पनि राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं २ बमोजिम कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै बैंकले क्यापीटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको र प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै