प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी हित र सहकार्यसम्बन्धी कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेको प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
भेटमा राष्ट्रपति वाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल सहभागी थिइन्। प्रधानमन्त्री प्रचण्ड उतैबाट आजै चीन जाँदैछन्।