प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता – Nepalboli

प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

   २०८० चैत्र २९, बिहीबार  

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रश्न नउठ्ने गरी सरकारको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले सबैको शुभकामनालाई मध्यनजर गर्दै प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।

‘हिजो प्रतिपक्षमा हुँदा सरकारलाई सल्लाह, सुझाव दिएको थिएँ, आज म काम गर्ने ठाउँमा पुगेको छु,’ उनले भने, ‘म कर्णालीवासीलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने जनताको अपेक्षा जे छन्, तपाईँहरूले शुभकामना जे दिनु भएको छ, त्यसमा प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै