Page 225 – Nepalboli

भारत र चीनको विज्ञप्तीमा लिपुलेक कतै उल्लेख नभए पनि नेपालमा वितण्डा

भारत र चीन विचमा हालै भएको उच्चस्तरीय सयन्त्रको बैठक र त्यस पश्चात दुवै देशले जारी गरिका विज्ञप्तीलाई लिएर नेपालमा समनजिक सन्जाल देखि राजनितीक वृतमा वितण्डा मच्चिएको देखिन्छ । नेपालका केहि वुद्धजिवीहरु तथा संचारमाध्यमहरुले भारत र चीनले नेपाललाई कुनै सोधपुछ नै नगरिकन लिपुलेकको वाटो प्रयाग गर्ने गरि दुवै छिमेकस्ले सहमती गरेको दावी गरेका थिए ।

यद्यपी भारत र चीनको उच्चस्तरीय सयन्त्रको बैठक पश्चात जारी गरिएको दुवै देशको विज्ञप्तीमा लिपुलेप कतै उल्लेख गरेक छैन । दुवै देशले सिमा व्यापारलाई थप सुुदृढ गर्दै कैलाल मानसरोवरका यात्रीहरुलाई थप सहजीकरण गर्दै लजाने सहमती गरेका छन । जसलाई नेपालमा एकथरीले लिपुलेकसंग जोडेर व्याख्या गरेर चीन भन्दा पनि भारतको आलोचना गर्दै आएका छन ।

बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागीमा दुवै देशको उच्चस्तरीय सयन्त्रको बैठक बसेको थियो । जुन बैठकले भारत र चीनको पछिल्लो केहि समय यताको सम्बन्धमा सुधारको रुपमा समेत व्याख्या गरेका छन । तर नेपालमा त्यसलाई लिएर एकथरी विच वितण्डाकै रुप लिएका छन ।

नेपाली नेताहरु भुल्न चाहेको तर भुल्न नसकेको ‘लिपुलेक–राष्ट्रवाद’

 

छ सयभन्दा बढी सीमान्तकृत छात्रालाई मधेस प्रदेश सरकारले छात्रवृत्ति दिँदै

सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेस प्रदेश सरकारले मधेस प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ। दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार गरी चार समूहमा विभक्त सो छात्रवृत्तिका लागि लाभग्राहीको छनोट अन्तिम चरणमा पुगेको मधेस प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलोबाबु दाहालले बताए।

उनका अनुसार छात्रवृत्तिका लागि छनोटमा परेका निर्धारित समूहका छात्रालाई सामान्य धारतर्फ २५ हजार र प्राविधिक धारतर्फ ३५ हजार रुपैयाँ वार्षिक छात्रवृत्ति रकम दिइनेछ। पर्याप्त संख्यामा आवेदन परेकाले निर्धारित चार समूह र जिल्लागत ढंगले बराबरी हुनेगरी छात्रवृत्तिका लागि उम्मेदवार छनोट हुने निमित्त निर्देशक दाहालको भनाइ छ।

प्रदेश सरकारले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड पचास लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमजोर तथा जेहेन्दार छात्रालाई उच्च शिक्षा हासिल गर्न सुविधा हुने र आत्मबल वृद्धि गर्ने उद्देश्यले कार्यक्रम छात्रा छात्रवृत्ति ल्याइएको बताए।

उनले आर्थिक कारणले नै छात्राको पढाइ अवरूद्ध हुने गरेको अनुभवका आधारमा छात्रवृत्ति दिएर छोरी शिक्षालाई प्रदेशमा प्रवर्द्धन गर्न थालिएको पनि उल्लेख गरे। मधेस प्रदेशमा जन्मिएर देशका कुनै पनि सामुदायिक सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत निर्धारित समूहका छात्रालाई दरखास्त दिन गत मंसिरमा आह्वान गरिएको थियो। जनकपुरधामस्थित प्रदेश शिक्षा निर्देशनालय र प्रदेशका आठवटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा दरखास्त दिने व्यवस्था गरिएको थियो।

प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दाहालले निर्देशनालयमा एक हजार ७१ वटा दरखास्त परेको र विभिन्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरूबाट दरखास्त संकलन भइरहेको जानकारी दिए। छनोटमा परेका छात्रालाई सिधा खातामा जानेगरी छात्रवृत्ति रकम पठाइने निर्देशनालयका अधिकृत थनेश्वर यादवले बताए।

 

 

 

प्रेसका लागि चुनौतीपूर्ण वर्ष २०२४

सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष बनेको छ। समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको हो । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घ महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।

‘‘विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको छ । सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए’’, मङ्गलबार सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासङ्घले मिडिया मिसन खटाउनु पर्‍यो। समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘‘सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानुन पाउन सकेन । लामो सयमदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन । यसबिचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ । महासङ्घले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको सर्वविदितै छ ।’

महासङ्घ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

गोलभेँडा बेचेरै वार्षिक ७ लाख मुनाफा कमाउँछन् दाङका जयबहादुर रोका

दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘यसवर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने, ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु।’

रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे । उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन् । हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक ७ लाख बचत गर्न सफल भएका छन् ।

वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ। ‘१० जनालाई रोजगारी दिएको छु’, रोकाले भने, ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो।’

मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन् । आफ्नो १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए । जग्गाको वार्षिक भाडा रु ९८ हजार तिर्ने गरेका छन् ।

परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यसवर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन् ।

 

 

राजमार्ग छेउमा मकै पोलेरै जिविका

मोरङ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आएका उनले भने, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।” उनका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ ।

बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका उनले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेका हुन् । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।

कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गरेकी ५४ वर्षीया सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आएकी छन् । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आएकी छन् । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उनी बताउँछिन्। जाडोमा मकै पोल्न सजिलो भएपनि गर्मीमा गाह्रो हुने उनीहरु बताउँछन् ।

यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । “यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन,” ट्रक चालक रामु चौधरीले भने, “मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।”

चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरुको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरुको खाजा खाने नयाँ गन्तव्यका रुपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रुपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेशा गर्दै आएका छन् ।

वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो ।

सर्वसाधारणको जिविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पुर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगरप्रमुख दिलप्रसाद राईले बताए ।

 

 

 

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पुर्‍याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खानेपानी तथा सरसफाइ समितिले जनाएको छ ।

उक्त आयोजनाको मुहानक्षेत्र पनौती नगरपालिका–१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ ।

हाल धुलिखेलस्थित मुख्य ट्याङ्कीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्याङ्कीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एकरदुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताए । उनका अनुसार तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न रु १९ लाख ७९ हजार खर्च भएको छ ।

आयोजनाको स्थायी पुनः निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो ।

जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप रु एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिए । जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरू तीन महिनादेखि खानेपानीविहीन थिए ।

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

कञ्चनपुर । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।

साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन् । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उनले भने, “डोरी बेचेरै पेट पालिएको छ ।”

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छन् । फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्छन्। भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन् । उनका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उनले भने, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुईरतीनवटा बिक्री हुँदा गुजारा चल्छ ।”

सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् ।

रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितेकी थिइन् । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन्। “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उनले भने, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”

 

 

शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ- उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षारतामा मात्रै सिमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले समाजमा सबैमा समानताको भावना जागृत गर्ने एवम् देशको विकास र समृद्धिमा सहयोग गर्ने माध्यम पनि शिक्षा नै भएको बताउनुभयो । उपराष्ट्रपति यादवले उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित श्री सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै शिक्षाको महत्त्वमा जोड दिनुभएको हो ।

‘‘शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो, जसले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउँदछ ।,’’ उहाँले भन्नुभयो, ‘‘ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्त्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरूको सामना गर्न सहयोग गर्दछ ।’’

उहाँले सहरमा शिक्षा प्राप्त गर्नु सजिलो भए पनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्दै खासगरी, छोरी चेलीहरूलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताउनुभयो ।

‘‘शिक्षाले व्यक्तिलाई सभ्य र संस्कारयुक्त जीवन जिउने गरी रूपान्तरण गर्न सक्नु पर्दछ ।,’’उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘सदाचार, मर्यादित र असल बानी–व्यवहार एवम् आचरण देखाउने गरी व्यक्तित्व निर्माण आजको आवश्यकता हो ।’’

उहाँले शिक्षाले श्रमलाई पनि सम्मान गर्न सिकाउने बताउनुभयो । ‘‘शिक्षासहित हरेक क्षेत्रमा ‘विविधतामा एकता, हाम्रो मौलिकता’, पहिचानलाई सर्वस्वीकार्य र सर्वसम्मत बनाउँदै अघि बढ्न सक्नु पर्दछ ।’’ उहाँले भन्नुभयो ।

उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्त्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा गर्नुभयो ।

‘‘यहाँका शिक्षकवर्ग, विद्यार्थी, कर्मचारी लगायतको अथक प्रयास र समर्पण प्रशंसनीय छ । तपाईंहरूले यस विद्यालयलाई एउटा प्रतिष्ठित संस्थानको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘यस स्वर्ण जयन्ती समारोहमा, म यहाँका सम्पूर्ण विद्यार्थीलाई विशेष सन्देश दिन चाहन्छु–तपाईंहरू नै देशको भविष्य हुनुहुन्छ । तपाईंहरूको मेहनत र लगनशीलताले मात्र समाज र राष्ट्रको प्रगति सम्भव छ । तपाईंहरु आफ्नो अध्ययनप्रति निष्ठावान एवम् लगनशिल रहनुहोस् र जीवनका हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने प्रयास गर्नुहोस् ।’’

उपराष्ट्रपति यादवले विद्यालयले आगामी वर्षहरूमा शैक्षिक गुणस्तरलाई अझ सुधार गर्ने योजनामा जोड दिँदै आधुनिक प्रविधिको प्रयोगमा आधारित शिक्षालाई थप प्रभावकारी बनाउन र विद्यार्थीको समग्र विकासमा ध्यान दिने लक्ष्यका साथ अघि बढ्न सक्नु पर्ने बताउनुभयो । ‘‘विद्यालयको पूर्वाधार सुधार गर्ने र विद्यार्थीको लागि थप शैक्षिक सामग्रीहरू उपलब्ध गराउने योजना पनि विद्यालयले बनाउन सक्नु पर्दछ’’ उहाँले भन्नुभयो, ‘‘यसमा शिक्षक, अभिभावक, स्थानीय सरकार लगायतको भूमिका पनि आवश्यक छ ।’’

 

२०८४ मा माओवादी पहिलो पार्टी बन्ने ‘प्रचण्ड’को दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार देखिएको दाबी गरेका छन् । झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनको परिणामले काँग्रेस र एमालेलाई बिस्तारै जनताले अस्वीकार गर्न थालेको देखिएको जिकिर गरे ।

उनले भने, ‘हिजो म सरकारबाट बाहिरिँदै गर्दा माओवादी सकियो अब भनेर प्रचार गरेका थिए, अहिले एक्लै जाँदा स्थानीय तहको उपनिर्वाचनको परिणामले उनीहरूको प्रचार खण्डन गरेको छ । माओवादीले त कहिले काँग्रेसलाई, कहिले एमालेलाई ठूलो पार्टी बनाउने गल्ती गरेको रहेछ । अब एक्लै लडेर दुवैलाई सिध्याइ दिन्छौँ ।’

प्रचण्डले काँग्रेस र एमालेसहित अन्य दलहरू मिलेको ठाउँमा पनि माओवादी एक्लैले जितेर देखाइसकेको सुनाए ।

‘हामी अब आउने निर्वाचनमा पहिलो पार्टी बन्छौँ’, उनले भने, ‘तपाईँहरूले श्रीलंकामा देख्नुभयो नि ? अघिल्लो निर्वाचनमा कमजोर भनेर तीन सीटमात्रै ल्याएको एनपीपी, दुई दुई पटक हतियार उठाएर सशस्त्र क्रान्ति गरेको पार्टी, अहिले अत्यधिक बहुमत, झण्डै दुई तिहाइ ल्याएको छ । अहिलेको राष्ट्रपतिले पनि उठाएको मुद्दा भनेको भ्रष्टाचारकै हो । यही भ्रष्टाचार, सुशासन र आर्थिक समृद्धिको मुद्दाले नै २०८४ हामीलाई पहिलो पार्टी बनाउँछ । तपाईँहरू ढुक्क भएर लाग्नुस् ।

 

वामदेवसँग कुरा मिल्छ, भीम रावलको फोन उठेको छैन- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसँग सौहार्द कुराकानीका क्रममा सँगै मिलेर जानेबारे छलफल भएको बताएका छन् । सोमबार पार्टी मुख्यालयमा गौतमसँग छलफलपछि नेपालले गौतम आफ्नो पार्टीमा तेस्रो बरीयताको वरिष्ठ नेता बनेर आउन सक्ने संकेत गरेका छन् ।

‘उहाँलाई तेस्रो वरियतामा स्वीकार्न पार्टीभित्र समस्या हुन्छ जस्तो मलाई लाग्दैन, बरु यो कुरा छिटो टुंग्याउँ भन्ने छ,’ नेपालले भने, ‘उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बाटोमा जाउँ भन्नुभएको छ । मैले पार्टीभित्र छलफलपछि यसतर्फ विचार गरौँ भनेको छु ।’

उनले गौतमसँग निकट केही नेताको व्यवस्थापनबारे छलफल क्रममा विषय प्रवेश गरे पनि समग्र धारणा बनाउँदा ती विषय स्वतः पर्ने बताए । यसअघि आफूसँग निकट भएर लामो समय काम गरेका नेता भीम रावलसँग भने कुरा हुन नपाएको नेपालले सुनाए ।

आफूले रावललाई फोन गरे पनि उनी सम्पर्कमा नआएको नेपालको भनाई छ । ‘मैले फोन गरेँ, तर रावलजीको फोन उठेको छैन,’ नेपालले भने, ‘विचार मिल्ने साथीहरू एक ठाउँ हुन खोज्ने कुरा सामान्य हो ।’