उपत्यकासहित यी स्थानमा हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह – Nepalboli

उपत्यकासहित यी स्थानमा हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

   २०८२ चैत्र २, सोमबार  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघगर्जनसहित चट्याङ परेको बताएको छ । महाशाखाकाअनुसार अहिले काठमाडौँ उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यो प्रणाली पूर्वतिर सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्ष र हिमपात भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ ।

सोमबार राति कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान र बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै