इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग – Nepalboli

इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

   २०८२ फाल्गुन ३०, शनिबार  

सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नहरूलाई कडा कारबाही गर्न माग गर्दै शनिबार काठमाडौँमा प्रदर्शन गरिएको छ । काठमाडौँको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय दिने गरी कानुन निर्माण गर्न सरकारलाई दबाब दिएका हुन् । हत्या र बलात्कारजस्ता जघन्य अपराधका घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउन अभियान सुरु गरिएको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनुभयो ।

प्रदर्शनमा सहभागीले ‘इनिसालाई न्याय देउ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सरकारले कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै