प्रतिनिधिसभाको निर्वाचन- नेकपाको संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक – Nepalboli

प्रतिनिधिसभाको निर्वाचन- नेकपाको संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

   २०८२ माघ २७, मंगलवार  

नेपाली कम्युनिस्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गर्नुभयो।

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ १ सयौँ फूलहरू फुल्न दिऔँ १, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास १, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो १ लगायतका विषयलाई प्राथमिकता दिइएको छ।

‘लोकतान्त्रिक शासन प्रणालीको आधार स् जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ। शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै