जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
सरकार जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको हो । भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको छ,’ उनले भने ।