भारतीय सेनाद्धारा नेपाली सेनालाई ५० वटा सैन्य सवारीसाधन सहयोग
भारतीय सेनाले नेपाली सेनालाई ५० वटा सैन्य प्रयोजनका सवारी साधन दिएको छ। भारतीय सेनाको अतिरिक्त महानिर्देशनालयका अनुसार ती सवारीसाधन काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मार्फत औपचारिक रूपमा नेपाली सेनालाई प्रदान गरिनेछ।
यसलाई भारतीय सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न गरिएको प्रतिबद्धताको रूपमा उल्लेख गरेको छ। यस्ता सहयोगले नेपाल–भारतबीचको दीर्घकालीन सैन्य सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास, तालिम तथा विभिन्न रक्षा सहकार्यका कार्यक्रमहरू नियमित रूपमा हुँदै आएका छन्।
