रास्वपा र थारुवान अभियन्ताबीच भएको ९ बुँदे सम्झौता – Nepalboli

रास्वपा र थारुवान अभियन्ताबीच भएको ९ बुँदे सम्झौता

   २०८२ पुष २१, सोमबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहटरथारुवान अभियन्ताहरूबीच बृहत् राजनीतिक समायोजन सहमति भएको छ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा भएको सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहटरथारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहटरथारुवान अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरेका छन् ।

उनीहरूबीच ९ बुँदे सहमति भएको छ । बुँदाको पहिलो नम्बरमा जेन जेड आन्दोलनको अपनत्व लिँदै समुन्नत र सामाजिक न्यायका लागि राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवम् संरचनागत सुधारहरूमार्फत आर्थिक सामाजिक उन्नयनका लागि इमान्दार भएर समर्पित हुने भनिएको छ ।

त्यस्तै दोस्रो बुँदामा दलको नाम रास्वपा नै रहने र चुनाव चिह्न, झन्डा सबै रास्वपाका रहने भनिएको छ । त्यस्तै भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै थारुहरूको धार्मिक-सांस्कृति प्रणालीको लसंरक्षण र प्रवर्द्धन गर्न संविधानको मर्मअनुसार थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने समझदारी पनि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै