भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण – Nepalboli

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

   २०८२ पुष १६, बुधबार  

भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा ९अरटिसी० आयात गर्न अनुमति नवीकरण गरेको हो ।

यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत ९१ जनवरी–३१ मार्च २०२६० सम्म विद्युत् आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ ९१ अप्रिल–३१ अगस्ट २०२६० सम्म्को नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मङ्गलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गर्नु भएको थियो ।

उहाँले आरटिसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै