एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु, प्रधानमन्त्री कार्कीले गरिन उद्घाटन – Nepalboli

एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु, प्रधानमन्त्री कार्कीले गरिन उद्घाटन

   २०८२ मंसिर १, सोमबार  

सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन सोमवार भएको छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजले खेलेका छन । खेलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने छ । क्रिकेटको दोस्रो संस्करण हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ । क्रिकेट मैदानमा दर्शकदीर्घाले भरिँदैछ ।

साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् ।

उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकोप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो। उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै