एनपीएलको सुरक्षा प्रबन्ध चुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन – Nepalboli

एनपीएलको सुरक्षा प्रबन्ध चुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

   २०८२ कार्तिक ३०, आईतवार  

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिनु भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिनुभएको हो।

गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभयो। ‘पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु’, मन्त्री अर्यालले बैठकमा भन्नुभयो।

यसअघि पनि, एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज अपरान्ह ४:०० बजे भिड्नेछन् । क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै