भारतीय दुतावासद्धारा पोखराको फेवाताल किनारमा कथक नृत्य कार्यक्रमको आयोजना – Nepalboli

भारतीय दुतावासद्धारा पोखराको फेवाताल किनारमा कथक नृत्य कार्यक्रमको आयोजना

   २०८१ मंसिर २७, बिहीबार  

नेपाल स्थित भारतीय दुतावासले विहिवार साझ पोखराको फेवातालको किनारमा कथक नृत्य कार्यक्रमको आयोजना गर्‍यो । आठ सदस्यीय नृत्य टोलीद्वारा प्रस्तुत प्रस्तुतिलाई आइसीसीआरले सहयोग गरेको थियो।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभएको थियो र कार्यक्रममा प्रदेशका सांसद एवम् वरिष्ठ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

मेयर आचार्यले नेपाल र भारत बीच लामो समयदेखि सभ्यतागत र साँस्कृतिक सम्बन्ध रहेको र यसले दुवै राष्ट्रका जनतालाई एकताबद्ध गराउने काम गरेको कुरामा जोड दिनुभयो ।उक्त कार्यक्रममा सबै क्षेत्रका दर्शकहरुको उल्लेख्य रूपमा सहभागिता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै