सिट बाडफाडमा सत्तागठबन्धनलाई सकस, कार्यदलले थप गृहकार्य गर्ने

सिट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा सहमति हुन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुरा मिल्न नसकेको कार्यदलका एक सदस्यले बताए । पाँचै दलले पाउने सिट संख्या बाँडफाँट टुंगो लगाउन बसेको बैठकमा खासै केही प्रगति नभएको र कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी बनेको ती सदस्यले बताए ।
‘शीर्षसहितको आज बसेको कार्यदलको बैठकमा खासै केही भएन । दलहरुको आ–आफ्नो अडान कायम हुँदा कुरा मिलेन’ ती सदस्यले भने, ‘कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने भन्ने भयो ।’
कार्यदलको बैठक सोमवार दिउसो एक बस्ने संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले अव कार्यदलले दुुई दिन थप गृहकार्य गरे पछि मात्रै शिर्ष नेताहरुको बैठक बस्ने पनि बताए ।