वर्षायाममा सस्तो हुन सक्छ बिजुली, महसुल घटाउने तयारी – Nepalboli

वर्षायाममा सस्तो हुन सक्छ बिजुली, महसुल घटाउने तयारी

   २०८३ भाद्र ४, बिहीबार  

काठमाडौं— वर्षायाममा उत्पादन भएको अतिरिक्त विद्युत् खेर जान नदिन सरकारले घरेलु उपभोक्ता र उद्योगका लागि बिजुलीको महसुल घटाउने तयारी अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ को प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पुनरावलोकन समिति गठन गरी नयाँ दर संरचनामा काम थालेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाही संयोजक रहेको समितिमा ऊर्जा मन्त्रालय, उद्योग वाणिज्य महासंघ, उपभोक्ता तथा वित्त क्षेत्रका प्रतिनिधि सहभागी छन् ।

समितिले वर्षायाममा बढी उत्पादन भएर खेर गइरहेको विद्युत्को आन्तरिक खपत बढाउन सिजनल ट्यारिफ लागू गर्ने विकल्प अध्ययन गरिरहेको जनाएको छ । यसअन्तर्गत वर्षायाममा घरेलु उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने योजना छ ।

प्राधिकरणका अनुसार अतिरिक्त विद्युत् खेर जाँदा मासिक अर्बौँ रुपैयाँ बराबरको नोक्सानी हुने भएकाले सस्तो महसुलमार्फत खपत बढाउने रणनीति अघि सारिएको हो । उद्योगलाई सस्तो बिजुली उपलब्ध गराउँदा त्यसको लाभ उपभोक्तासम्म पुग्ने गरी समन्वयसमेत भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै