छ दिनको निरन्तर वृद्धिपछि सेयर बजारमा सामान्य घट्यो नेप्से – Nepalboli

छ दिनको निरन्तर वृद्धिपछि सेयर बजारमा सामान्य घट्यो नेप्से

   २०८३ श्रावण ६, बुधबार  

काठमाडौँ। लगातार छ कारोबार दिन बढेको नेपालको सेयर बजार बुधबार ओरालो लागेको छ। नेप्से परिसूचक १३.९५ अंकले घटेर २ हजार ७१२ अंकमा सीमित भएको छ। कारोबार अवधिभर बजार दबाबमा देखिएको थियो। दिउँसो १२ बजेर ५४ मिनेटमा नेप्से २ हजार ६९४ अंकसम्म झरेको थियो, जुन बुधबारको न्यूनतम विन्दु रहेको छ।

गत साताको मंगलबारदेखि मंगलबारसम्म लगातार उकालो लागेको बजारमा बुधबार भने लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सामान्य गिरावट आएको हो । बुधबार कारोबार भएका कम्पनीमध्ये ७७ वटाको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

यस दिन कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै