धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने पक्राउ – Nepalboli

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने पक्राउ

   २७ भाद्र २०८०, बुधबार  

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एसपी विपिन गौतमले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

‘थप व्यक्तिहरु पनि पक्राउ पर्छन्, अहिले एक जना पक्राउ परेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ । राजनीतिक कारण भन्दा विवादको अरू नै कारण रहेको जस्तो देखिएको छ,’ उनले भने ।

धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो । जसका कारण घरको झ्यालको सिसा फुटेको बेघाले बताए । उनले राजनीतिक कारणले विवाद नभएको र व्यक्तिगत रहेको बताए । ‘गाउँको वल्लोटोल पल्लोटोलका केटाहरुबीच झगडा भएको हो,’ बेघाले भने, ‘यसमा कुनै राजनीतिक कारण जोडिएको छैन ।’

आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रमुख गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै