एमाले लुम्बिनी अधिवेशनमा आज मतदान हुदै – Nepalboli

एमाले लुम्बिनी अधिवेशनमा आज मतदान हुदै

   १९ भाद्र २०८०, मंगलवार  

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुने भएको छ। यसअघि सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो।

मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।

अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै