काठमाडौंमा अमेरिकी सिनेटर होलेन
नेपाल बोली
१५ भाद्र २०८०, शुक्रबार
अमेरिकी सिनेटर क्रिस भान होलेन नेपाल भ्रमणका लागी शुक्रवार काठमाडौं आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै