ग्यासको मूल्य २३५ रुपैयाँले बढ्यो – Nepalboli

ग्यासको मूल्य २३५ रुपैयाँले बढ्यो

   २०८० भाद्र १५, शुक्रबार  

स्वचालित मूल्य प्रणाली भन्दै नेपाल आयल निगमले २३५ रुपैयाँले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २३५ रुपैयाँ वृद्धि गरेको हो। निगमले बिहीबार प्राप्त मूल्य सूचीअनुसार नै बृद्धि गरिएको जनाएको छ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ। यसअघि ग्यास सिलिन्डरको मूल्य १ हजार ६६० थियो।

यस्तै निगमले पेट्रोलियम पदार्थको भाउ पनि बढाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ बढाइएको हो। वृद्धि भएको मूल्य लागु भइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै