आठ वर्षपछि तातोपानी नाका खुुल्ला – Nepalboli

आठ वर्षपछि तातोपानी नाका खुुल्ला

   १५ भाद्र २०८०, शुक्रबार  

आठ वर्षअघि भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आएको छ । नेपाल चीनबीचको एक मात्र व्यापारिक नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै यहाँका स्थानीय पनि खुसी भएका छन् ।

यो नाका शुक्रबारदेखि सर्वसाधारणका लागि पनि खुलाइएको हो । नाका खुलेसँगै अध्यागमन कार्यालयबाट पास बनाएर यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली चीन गएको छ ।

त्यस्तै सयौं सिन्धुपाल्चोकबासी पनि मितेरी पुल तरेर पारि गएका छन् ।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो ।

यो चीन र नेपालबीचको प्रमुख व्यापारिक नाका हो । नाका बन्द भएसँगै यस क्षेत्रका हजारौं व्यवसायी मर्कामा परेका थिए । गएको ८ बर्षमा चीनले पटक पटक यो नाका खुल्ला भएको घोषणा गरे पनि त्यो कार्यन्वयनमा आउन सकेको थिएन । पछिल्लो समयमा नेपालमा यसको विरोध हुन थालेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै