भेटिएनन् डोल्पामा पाँच दिनदेखि सम्पर्कविहीन भएका सेनाका मेजर – Nepalboli

भेटिएनन् डोल्पामा पाँच दिनदेखि सम्पर्कविहीन भएका सेनाका मेजर

   १४ भाद्र २०८०, बिहीबार  

आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्। दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘नेपाली सेना, प्रहरीहरूले पाँच दिनदेखि खोजी कार्य जारी राख्नुभएको छ। उहाँ सम्पर्कमा आउनुभएको छैन,’ पोखरेलले भने।

आइतबार ४ः५५ बजे बडीगार्ड छाडेर हिँडेका पण्डितको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको जिल्ला प्रहरी प्रमुख शिव बुढाथोकीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै