एमसीसी परियोजना कार्यान्वयनमा आयो
नेपाल बोली
१३ भाद्र २०८०, बुधबार
एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा परियोजना कार्यन्वयनको घोषणा गरेका हुन ।
अर्थ मन्त्रालयमा वुधवार भएको कार्यक्रममा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।
सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै