पाल्पामा स्कार्पियो दुर्घटना हुदा तीन जनाको मृत्युु
तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु हुने एक महिलासहित तीन जना रहेको प्रहरीले जनाएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।
यस्तै, दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–८ खानीगाउँ बस्ने ४० वर्षकी शोभा घर्ती, सोही स्थान बस्ने वर्ष ३७ की शुस्मा राना, शुस्माको छोरीहरू वर्ष छ की सुबी राना र पाँच महिनाकी सुबिया राना घाइते हुनुभएको छ । यस्तै, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–८ बस्ने वर्ष ४५ को टेकबहादुर जिएम, सोही स्थानका २७ वर्षकी स्वीकृति थापा र स्वीकृतिकी छोरा वर्ष पाँचको सुरेन थापा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइतेहरू सात जनामध्ये कसैको पनि अवस्था चिन्ताजनक नरहेको अस्पतालका डा राजु शाक्यले जानकारी दिनुभयो ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।