शैक्षिक प्रमाणपत्रको विवरण अब पाँच वर्षसम्म सच्याउन सकिने
नेपाल बोली
७ भाद्र २०८०, बिहीबार
सरकारले जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो ।
यस संशोधन अनुसार अब जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ । यसअघिको प्रावधानमा प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिन सकिने व्यवस्था थियो ।
अब भने यसलाई पाँच वर्ष बनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै