भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने अन्तिम तयारी – Nepalboli

भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने अन्तिम तयारी

   २०८२ कार्तिक २६, बुधबार  

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने अन्तिम तयारी गरेको छ । लेखक संगै तात्कालिन गृहसचिबको पनि बयान लिने तयारी छ ।

आयोगले उक्त प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई बयानका लागि बोलाउने तयारी गरेको हो ।

“उच्च नेतृत्वलाई नै बयानका लागि बोलाउने निर्णय भएको छ,” स्रोतले भन्यो, “अनुसन्धानले देखाएको आधारमा सम्भवतः यही साताभित्र दुवै जनालाई बोलाएर बयान लिने तयारी भइरहेको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै