सगरमाथा संवादमा सहभागी हुनका लागी भारतीय मन्त्री भूपेन्द्र यादव नेपालमा – Nepalboli

सगरमाथा संवादमा सहभागी हुनका लागी भारतीय मन्त्री भूपेन्द्र यादव नेपालमा

   २०८२ जेष्ठ १, बिहीबार  

भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

आज अपरान्ह काठमाडौं आइपुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा शुरू हुँदैछ ।

यादव काठमाडौ आए पछि समाजिक सन्जालमा नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ, नेपालमा आइपुगेको बताउदै यसक्रममा आफु हिमालयलाई जलवायु परिवर्तनबाट जोगाउने र पारिस्थितिक प्रणाली र यसमा निर्भर समुदायहरूको भविष्यको संरक्षण गर्ने भारतको दृष्टिकोण प्रस्तुत गर्ने उल्लेख गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै