सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छः स्वर्णिम वाग्ले

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
‘प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेन्डामा हामी प्रवेश गर्नुपर्ने भयो। त्यसमा लगानी पुगेको छैन,’ उनले भने। उपसभापति वाग्लेले क्लाईमेट फाईनान्स नै अबको विकास फाईनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताए।