पहलगाम आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणविरुद्ध मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो ।
पहलगाममा भएको आक्रमण निन्दनीय छ, यसले विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताए ।
भारतको यस दुखको घडीमा नेपाल साथ उभिएको छ, नेपाली जनताले पनि भारतको साथमा रहेको बताउदै उनले यसमा एक जना नेपालीको पनि ज्यान गएको भारतले उसको परिवारलाई सम्मान दिएको र अगामी दिनमा पनि सम्मान दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।
जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाममा भएको आक्रमण पाकिस्तानले गराएको भारतको दावी छ । जसलाई लिएर पाकिस्तानको विश्वभरीवाट विरोध भईरहेको छ । नेपालमा जसको विरोधमा पछिल्लो समयमा लागातार प्रर्दशनहरु भईरहेको छ ।